
हेन्द्रनगर। कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ । पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ ।
खुला सीमा नाका रहेको कञ्चनपुरका विभिन्न स्थानबाट नयाँ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने क्रम बढेको छ । कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले भन्सार छल्ने उद्देश्यले स्कुटर आयात गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसको नियन्त्रणमा प्रहरी सक्रिय भएको बताए । यहाँ बुझाइएका स्कुटर कानुनी प्रक्रिया पूरा गरेर लिलाम गरिने उनकाे भनाइ छ । नयाँ स्कुटर अवैध रूपमा भित्रिन नदिन प्रहरी प्रशासनको सहयोगमा सक्रियता बढाइएको छ ।
यस्तै, भित्रिएका स्कुटरको दर्तालगायत विषयमा प्रशासनिक तहमा छलफल गरी समाधान खोजिनेछ ।” उनका अनुसार पछिल्लो १० वर्षमा कञ्चनपुरमा करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अवैध रूपमा आयात गरिएका इलेक्ट्रिक स्कुटरमाथि कडाइ गरिएको बताए । उनले भने, “भन्सार छलेर ल्याइएका तथा दर्ता नगरी चलाइएका स्कुटरका कारण दुर्घटनाको जोखिम बढेको छ । सबै इलेक्ट्रिक स्कुटरलाई दर्ता प्रक्रियामा ल्याएर सञ्चालन गर्ने व्यवस्था मिलाइँदैछ ।”
नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको बिक्री बढ्दो क्रममा छ तर कञ्चनपुरमा भारतीय बजारबाट खरिद गरी भन्सार नतिरी भित्र्याइएका तथा दर्ता नगरी सञ्चालन गरिएका स्कुटर बढ्दै गएपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । लाखौँ रुपैयाँ मूल्य पर्ने यस्ता स्कुटर अवैध रूपमा भित्र्याई दर्ताविना सञ्चालन गर्ने क्रम बढेपछि स्थानीय प्रशासनले निगरानीलाई थप प्रभावकारी बनाएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम