
काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीहरूलाई प्रदान गरिने १० प्रतिशत मासिक प्रोत्साहन भत्ता भुक्तानीका लागि रकमान्तर गरी निकासा दिन देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरू लाई परिपत्र गरेको छ।
महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले पत्र संख्या २०८३/८४, चलानी नं ०७ मार्फत साउन २२ गते देशभरका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई सम्बोधन गर्दै उक्त निर्देशन जारी गरेको हो।
चालू आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको बुँदा नं ६१ को खण्ड (ज) बमोजिम राष्ट्रसेवक कर्मचारीहरूका लागि सुरु तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको थियो।
सोही व्यवस्था अनुसार प्रोत्साहन भत्ता भुक्तानी निकासा गर्दा बजेट उपशीर्षक नं ६०१०००१५ (कर्मचारी सुविधा) बाट खर्च शीर्षक नं २११३५ (कर्मचारी प्रोत्साहन तथा पुरस्कार) मा रकमान्तर गरी भुक्तानीको व्यवस्था मिलाउन महालेखाले अनुरोध गरेको छ।














समाचार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा