
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज भने ७.३७ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६४३.८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको मात्रै बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । शुक्रबार सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले बढेर ४६४.७३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ ।
परिसूचक घटेको दिन बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर ४३ हजार ६० पटक खरिद बिक्री हुँदा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँको कारोबार भएको छ । बजार घटे पनि आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?