
काठमाडौं । सिद्धार्थ बैंकले १ लाख ५७ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरेर दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनी कृष्णराज पराजुलीको नाममा रहेको १ लाख १० हजार कित्ता र कृष्णकुमारी गुरुङको नाममा रहेको ४७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयरमा हाल कायम बैंकका सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयर सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार उक्त सेयरमा खरिदका लागि संस्थापक सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरिएको छ ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई आवश्यक कागजात सहितको लिखित आवेदन दिनु पर्ने छ । संस्थापक सेयर लिने सम्बन्धमा तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीबाट । निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट प्रस्तावित सम्पूर्ण सेयरको लागि निवेदन पेश नभएमा प्रचलित कानून बमोजिम गैर संस्थापक व्यक्ति वा संस्थालाई समेत संस्थापक सेयर बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।













समाचार
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास