
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५,००,००० सहयोग गरेको जानकारी गराएको छ।
बैंकका अध्यक्ष चिन्तामणी भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र नायब प्रमुख कार्यकारी उमेश रेग्मीले संयुक्त रूपमा नेपाल सरकारका माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २०८३ साल भदौ १२ गते रु २५ लाख बराबरको चेक हस्तान्तरण गरे ।
प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको ठूलो क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको यस कठिन परिस्थितिप्रति बैंक दुःखी भएको छ। यस विपत्तिमा जीवन गुमाएका सम्पूर्ण महानुभावहरूप्रति बैंक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहयोग र सामाजिक उत्तरदायित्वका कार्यहरूमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) स्थापना भएको छ। यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै