
काठमाडौं । युरोपियन युनियन (ईयू) ले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
ईयूले शनिबार विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो ।
ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन् ।
‘उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्वतयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए ।’
ईयूले प्रतिकार्य समन्वय गर्न एसियाका लागि ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ ।
स्थानीय प्रतिकार्यमा सहयोग पुर्याउन ईयूले प्रभावित क्षेत्रको नक्सा उपलब्ध गराउन ‘कोपरनिकस’ भू–उपग्रह सेवा सक्रिय गरेको छ ।
ईयू कमिस्नर फर प्रिपेयर्डनेस एन्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीका कारण सडक बगेका, गाउँहरू सम्पर्कविहीन भएका र परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेका उल्लेख गर्दै यस बाढीले विगतका विपद्बाट पुनर्निर्माणमा रहेका समुदायलाई थप प्रभावित बनाएको बताए ।
उनले ईयू प्रभावित समुदायको साथमा रहेको उल्लेख गर्दै तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, पानी तथा आश्रयका लागि २० लाख युरो उपलब्ध गराइएको विज्ञप्तिमार्फत जानकारी दिए ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै