
काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणको लागि मंगोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा प्रतिस्पर्धा गर्न अन्नपूर्णले उरानबायरलाई आफ्नो टोलीमा भित्र्याएको हो । उनको आगमनले टोलीको आक्रमणलाई थप बलियो, प्रभावकारी र सन्तुलित बनाउने विश्वास लिइएको छ ।
२१ वर्षीय उरानबायरले घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन उनले महत्वपूर्ण योगदान दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उरानबायर बेस्ट सर्भर घोषित भए ।
६ फिट ६ इन्च अग्ला उरानबायर शक्तिशाली स्पाइक र प्रभावकारी सर्भका लागि परिचित छन् । युवा उमेरमै राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनले मंगोलियाका विभिन्न क्लबका साथै दक्षिण कोरियामा समेत भलिबल खेलिसकेका छन् ।
उरानबायरले मंगोलिया प्रिमियर लिग २०२५–२६ मा दार्खान मोगुल्सबाट उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेयर (एमभिपी) चुनिए । दार्खान मोगुल्सबाट खेलेका उनी सोही प्रतियोगितामा बेस्ट आउटसाइड हिटर समेत घोषित भए ।
उरानबायर अन्नपूर्णले एनभिएलका लागि अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन् । टोलीले बाँकी विदेशी खेलाडीहरुको घोषणा पनि छिट्टै गर्ने जनाएको छ ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एनभिएल प्रतिस्पर्धा गर्न लागेको अन्नपूर्णमा गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी मार्की खेलाडीका रूपमा रहेका छन् । उनले केही समयमअघि काभा पुरुष भलिबल च्याम्पियनसिपमा राष्ट्रिय टिमबाट डेब्यु गरे ।
गण्डकी प्रदेशकै रमेश केसी मुख्य प्रशिक्षक तथा नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं त्रिभुवन आर्मी क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक नरेन्द्र गिरी सहायक प्रशिक्षकका रूपमा टोलीमा छन् । केही समयअघि काभा पुरुष भलिबल च्याम्पियनसिपमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका अर्का खेलाडी राजेन्द्र धामी पनि अन्नपूर्णको टोलीमा छन् ।
टोलीमा गण्डकी प्रदेशका अनुभवी रवी केसी, विश्वास अधिकारी, विवश आले र सुरेन्द्र केसी र उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका लिबेरो जितबहादुर सार्की पनि टोलीमा छन् । यस्तै देव राना पनि टोलीका सदस्य छन् ।
युवा प्रतिभालाई अवसर दिने उद्देश्यअनुसार अन्नपूर्णले पोखरामा आयोजना गरेको ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ । एनभिएलको प्रावधानअनुसार प्रत्येक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टमार्फत एक जना युवा खेलाडी छनोट गर्नुपर्ने व्यवस्था छ ।
६ टोलीको सहभागितामा पहिलो संस्करण यही भदौ १९ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सुरु हुनेछ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम