
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन् । विपद्मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि एक हजार ४८२ प्रहरी परिचालन गरिएको छ ।
सो अवधिमा सर्पदंशका ११, आगलागीका सात, बाढीका २१, पहिरोका ३७, अविरल वर्षाका ३२, हावाहुरीका सात, हिमपातको एक तथा जनावरको आक्रमणका चार वटा घटना भएका छन् ।
विपद्का घटनामा परी २१ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । चार जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।विपद्का कारण १२१ चौपाया क्षति भएका छन् । यस्तै, देशभर ४८ सडक अवरुद्ध भएका छन् । बाढी, पहिरो र वर्षाका कारण सडक यातायातमासमेत प्रभाव परेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद