
म्याग्दी । ‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ। ह्युम कन्सल्ट प्रा.लि. प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदी स्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको हो।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरि र बाढी पहिरोका कारण विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको हो। रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ। भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सूचारु गराउन समस्या भएको छ।
बाँधका भौतिक संरचना क्षति भएको छ। आयोजनाले बिद्युत बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत २२० केभी क्षमताको दाना सवस्टेशन मार्फत केन्द्रिय प्रणालीमा आवद्ध भएको छ।कालीगण्डकीको बाढी पहिरोले प्रसारण लाइनको टावर बगाउने र तार चुढाएर क्षति पुर्याएको छ।













समाचार
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन
कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक
करिब सवा २ अर्बको आईपीओ ल्याउने तयारीमा यती एयरलाइन्स, सञ्चालन आम्दानी ५ अर्ब ४७ करोड नाघ्यो
विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
प्रधानमन्त्री बालेन शाहको सचिवालय टिमको विवरण सार्वजनिक गरियो
अर्थमन्त्रीको दाबी– सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको छ
नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारसमक्ष लगानी, कर र व्यावसायिक सुधारका लागि सुझाव पेश
सेयर बजारमा ११.९० को गिरावट, ४ अर्ब माथिको कारोबार