
बिहीबार नेपाली रुपयाँ अमेरिकी डलरको तुलनामा थप कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी विनियदर अनुसार नेपाली रुपैयाँको तुलनामा डलर, युरो, पाउण्ड लगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा कायम रहेको थियो ।
त्यस्तै आज युरोको विनिदमयदर पनि बढेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४८ रुपैयाँ १९ पसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा रहेको थियो । यसैगरी बिहीबार बेलायती पाउण्डको विनिमयदर पनि बढेको छ । आज एक युरोको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीरद १७५ रुपैयाँ ३८ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६३ पैसा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५ पैसा र बिक्री दर ९० रुपैयाँ ४५ पैसा रहेको थियो । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसा रहेको छ । बुधबार सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९६ पैसा कायम भएको ।
आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा कायम भएको छ । बुधबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा तोकेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ५९ पैसा र बिक्री दर ३० रुपैयाँ ७३ पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २ पैसा छ भने बिक्री दर १० रुपैयाँ ६ पैसा रहेको छ । लडरको मूल्य बढ्दा त्यसको प्रभाव नेपालीको भान्सामा समेत पर्ने गरेको छ । नेपालको अर्थतन्त्र आयात मुखी भएकाले डलरको मूल्य बढ्दा सबै क्षेत्रमा मूल्य बढ्ने अर्थविद्हरुको भनाइ छ । नेपालले विदेशबाट सामान ल्याउनु पर्दा र विदेशीलाई तिर्नु पर्ने ऋणको रकम पनि डलरमा नै भुक्तानी गर्नु पर्ने भएकाले नेपाललाई डलरको मूल्य बढ्दा बढी भार पर्ने गर्छ । डलरको मूल्य बढ्दा नेपाललाई विदेशबाट आउने रेमिट्यान्स र पर्यटकले गर्न खर्च बाहेक सबै कुरामा घाटा हुने गर्छ ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन