
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।
बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उनले प्रतिबद्धता जनाए । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । विषादीमुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उनले बताए ।
कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उनको भनाइ थियो । ‘व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने छ, वडास्तरमा कृषिका नमूना फार्म निर्माण गरेर त्यसलाई सिकाइ केन्द्रका रुपमा स्थापित गरिने छ, स्थानीय तहमा पशु अस्पताल बनाइने छ, साना किसानलाई मन्त्रालयसम्म आउने वातावरण तयार पार्ने मन्त्रालयको योजना छ’, मन्त्री अधिकारीले भने । मध्यपहाडी जिल्लामा रैथाने बाली संरक्षणका लागि विशेष कार्यक्रम ल्याउने, कृषिसँग सरोकार भएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, वन तथा वातावरण, ऊर्जा तथा सिँचाइ, अर्थलगायत मन्त्रालयसँग समन्वय गरेर कृषि क्षेत्रको विकासमा काम गर्नेमा उनले प्रतिबद्धता जनाए ।
हाल ३० लाख हेक्टर खेती योग्य जमिनमा मात्र खेती भएको उल्लेख गर्नुहुँदै मन्त्री अधिकारीले बाँकी १० हेक्टर जमिनमा पनि खेती गराउने गरी नीति निर्माण गरिने योजना सुनाए । धान, चामल आयातलाई घटाउन उत्पादन वृद्धि गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् तरकारीमा थप आत्मनिर्भर बनाउने, दुग्ध विकास संस्थानको पुनःसंरचना गर्ने कार्यक्रमलाई पनि रहेको उनले जानकारी दिए । रासायनिक मलमा अनुदान, उखु किसानलाई भुक्तानी र बीमा प्रिमियमका लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको सो अवसरमा जानकारी दिइयो ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम