काठमाडौं । सेयर बजार घट्ने क्रम आज पनि जारी रहयो । कारोबार हुने साताको पहिलो दिन आइतबार पनि सेयर बजार दोहोरो अंकको गिरावट आएको हो ।
अघिल्ला दुई कारोबार दिनमा पनि बजार घटेको थियो । आज सेयर बजार २५ दशमलव ४६ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७०१ दशमलव ९० विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ०.९३ प्रतिशतले कम हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । गत हप्ताको बिहीबार ९ अर्ब बढीको कारोबार भएको बजारमा आज भने १० अर्ब बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर १ लाख १२ हजार ३०० पटक खरिद बिक्रीहुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६३ अंकले घटेर ४७९ दशमलव ७२ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा १३ उपसूचक मध्ये ३ वटा उपसूचकको मूल्य बढेको छ भने बाँकी १० वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक घटे पनि आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।












समाचार
सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?
नेपाललाई ७६ करोड दिने एडिबीको घोषणा
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार
भोटेकोसी र त्रिशूलीमा सामान्य छ बहाव : महाशाखा
भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
शेर्पा संघको राहत अभियान, एकैदिन ११ लाख ७० हजार रुपैयाँ संकलन
प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को फाइनलमा प्रवेश