
काठमाडौं । टोटनह्याम हटस्परका स्ट्राइकर डोमिनिक सोलान्केलाई सात वर्षपछि इङ्ल्यान्डको टोलीमा समेटिएको छ । अन्तरिम प्रशिक्षक ली कार्स्लेले शुक्रबार ग्रीस र फिनल्यान्डविरुद्ध अर्को साता हुने नेसन्स लिग खेलका लागि उनलाई समावेश गरेका हुन् ।
सन् २०१७ मा ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमा उनले इङ्ल्यान्डको टोलीमा डेब्यु गरेका थिए । सोलान्केले टोटनह्यामका लागि पछिल्ला तीन खेलमा गोल गरेका छन् । अगस्टमा बोर्नमाउथबाट ६ करोड ५० लाख पाउन्ड (८ करोड ५२ लाख ५० हजार अमेरिकी डलर)मा उनी टोटनह्याम गएका थिए ।
त्यस्तै रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घमले पनि युरो कप २०२४ पछि इङ्ल्यान्डको टोलीमा पुनरागमन गरेका छन् । बेलिङ्घमले चोटका कारण सेप्टेम्बरमा अन्तर्राष्ट्रिय खेल गुमाएका थिए । तर, बिहीबार ग्रीस र फिनल्यान्डविरुद्धको नेसन्स लिग खेलका लागि अन्तरिम प्रशिक्षक ली कार्स्लेको २५ सदस्यीय टोलीमा उनलाई समावेश गरेका छन् ।
इङ्ल्यान्डले शुक्रबार वेम्बलीमा ग्रीस र अक्टोबर १३ मा हेल्सिन्कीमा फिनल्यान्डसँग खेल्नेछ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान