
काठमाडौं । मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको हो ।
लन्डनमा तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव एक शून्य डलर पुगेको थियो । यस्तै अमेरिकामा दुई दशमलव ८५ प्रतिशतले बढेर तेलको मूल्य ७६ दशमलव ५१ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । मध्यपूर्वमा तीव्र आक्रमण र युद्धका कारण गएको हप्ता तेलको मूल्य १० प्रतिशतसम्म बढेको थियो ।
इजरायलले गएको हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको छ । यसले गर्दा क्षेत्रीय युद्धको डरसँगै तेल प्रशोधन केन्द्रहरूमा आक्रमण र विस्फोटका घटना हुनसक्ने धेरैको अनुमान रहेको खबरमा उल्लेख छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै