
काठमाडौं । दसैंका लागि फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्ने नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको सबै टिकट बिक्री भइसको छ । नेपाल वायु सेवा निगमको १५८ वटा यात्रुसिट क्षमता भएको न्यारोबडी जहाज प्याक भएको निगमले जनाएको छ । फूलपातीका दिन बिहान ११ बजे विमानले उडान भर्ने छ ।
निगमले काठमाडौं भैरहवा उडानको टिकेट सोमबार राति खोलेको १ घण्टाभित्रै ७० वटा सकिएको थियो ।निगमले यात्रुको चाप मूल्यांकन गर्न १ घण्टाका लागि टिकेट खोलेको थियो । टिकेट खोल्नासाथ एकैछिनमा १५८ सिट क्षमताका करिब आधा प्याक भएको थियो । बाँकी आधा क्षमताको लागि मंगलबार विहान टिकट खुला गरिएको थियो ।
निगमले फूलपातीको दिन बिहान ७ हजार रुपैयाँमा काठमाडौंबाट भैरहवा लैजाने ३ हजारमै भैरहवाबाट काठमाडौं यात्रु ल्याउने गरी भाडादर सार्वजनिक गरेको थियो । निजी वायुसेवाको तुलनामा निगमको न्यारोबडी जहाजले उडान गर्दा सस्तो परेको र टिकट नपाएर हैरानी भएका यात्रुलाई निगमले उद्धार उडानमार्फत भैरहवा लाने भएको हो ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन