
ललितपुर । ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नंको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिए ।
सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उनले जानकारी दिए । बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
गोलकिपर मार्टिनेज चेल्सीमा
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
आजको मौसम : सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा, सतर्क रहन आग्रह
सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?
नेपाललाई ७६ करोड दिने एडिबीको घोषणा
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार
भोटेकोसी र त्रिशूलीमा सामान्य छ बहाव : महाशाखा
भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?