
काठमाडौं । यस वर्ष नेपाल सम्बतको नयाँ वर्ष न्हूदँ ११४५ मनाउनका लागि नेवाः अगुवा तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको अध्यक्षतामा समारोह समिति गठन गरिएको छ । न्हूदँ ११४४ समारोह समितिका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यको सभापतित्वमा शुक्रबार बसेको बैठकले नेवाः अभियानकर्मी श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिलाउन लामो समयदेखि सक्रिय रहँदै आएका श्रेष्ठ नेपाली समाजमा बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन् । उनले संविधानसभाबाट समावेशी संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हाल उनी अहिले जनता समाजवादी पार्टीका अध्यक्ष पनि हुन् ।
बैठकले नयाँ वर्ष नेपाल सम्बत ११४५ देशभर विविध कार्यक्रम गरी मनाउन ७२ सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ । साथै, दैनिक कार्य सञ्चालनका लागि १७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ । बैठकमा न्हूदँ मनाउने कार्यलाई थप व्यवस्थित र वैधानिक बनाउन संस्था दर्ता गरी संस्थागत रूपमा अघि बढ्ने निर्णयसमेत भएको छ ।
उक्त बैठकमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, दिलीप महर्जन, शैलेन्द्रमान बज्राचार्य, निरञ्जनरत्न शाक्य लगायत थुप्रै भाषिक तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।












समाचार
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै
एकदिवसिय क्रिकेट टोलिको कप्तानमा पुनः सन्दीप लामिछाने
प्रतिनिधिसभाको बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक प्रस्तुत हुँदै