
काठमाडौं । कर्नाटक टोलीसँगको पाँच वटा अभ्यास खेलको शृङ्खला १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले जितेको छ । आज भएको पाँचौं तथा अन्तिम खेलमा कर्नाटकलाई ७ विकेटले हराउँदै नेपाली युवा टोलीले शृङ्खला जितेको हो ।
कर्नाटकले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४० ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । नेपालका आकाश त्रिपाठीले नटआउट ८९ रन बनाए । यस्तै मयन यादवले ५० रन जोडे । कर्नाटकका प्रणव अश्वथले २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकको टोलीले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनायो । कर्नाटकका कप्तान रोहितले सबैभन्दा धेरै ४१ रन बनाए । नेपाली युवा टोलीका कप्तान हेमन्त धामीले ३ तथा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २/२ विकेट लिए ।
शृङ्खलाको पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने दोस्रो खेल नेपालले जितेको थियो । यस्तै तेस्रो खेलमा नेपाल विजयी हुँदा चौथो खेल कर्नाटकले जितेको थियो । नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेलेको हो ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद