
काठमाडौं । नेपाल सुटिङ संघको बागमति प्रदेश तदर्थ समिति गठन भएको छ । राजु दर्शनको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो ।
बागमति प्रदेशका नुवकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाका सुटिङ खेलाडी र पदाधिकारीको उपस्थितिमा १३ सदस्यीय संघ गठन गरिएको हो । तदर्थ समतिको दुई उपाध्यक्षमा प्रविन्द्र बस्नेत र एस के थपलिया रहेका छन् । त्यस्तै सचिवमा उपेन्द्र थापा र कोषाध्यक्षमा विवेश खड्का रहेका छन् ।

त्यस्तै तदर्थ समितिको सदस्यमा कृष्ण घोरासैनी, हरि बहादुर थापा, सरस्वती बानियाँ, दिपक थापा, सुदन खड्का, कटी योञ्जन र टिकाराम श्रेष्ठ रहेका छन् । बागमति प्रदेश खेलकुद सदस्य सचिव दीपक लामाको आथित्यमा कार्यत्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष र कार्यसमितिका सदस्यहरूले नेपालमा सुटिङ खेलाडीहरूले भोग्दै आएको उपकरण अभावको समस्या समाधान गर्नका लागि आग्रह गरेका छन् । अध्यक्षले विशेष रूपमा प्रदेश खेलकुद विकास परिषद्लाई अत्यावश्यक उपकरण उपलब्ध गराउन औपचारिक अनुरोध गरे ।

संघले विगतदेखि नै खेलकुद परिषद् र खेलकुद मन्त्रालयबाट सुटिङ खेलप्रति आवश्यक ध्यान नदिइएको उनीहरुको भनाइ छ । उनीहरुले खेलका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराइएमा आगामी प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा देखाउन दाबी गरे । यसमा प्रमुख अतिथि परिषद्का सदस्य सचीवले आफू खेलकुद पृष्ठभूमिको भएको भन्दै खेलाडीहरूका लागि उपकरणको महत्वलाई बुझेको बताए । उनले संघलाई सहयोग गर्ने र उपकरण उपलब्ध गराउने विषयमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिए ।















समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज