
काठमाडौं । आइतबार राति देखि लागु हुने गरी पेट्रोलको मूल्य बढेको छ भने डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार पेट्रोलको बढाइएको हो भने डिजेल र मट्टीतेलको मूल्य भने घटाएको हो ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ तोकेको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ । डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागु हुने निगमले जनाएको छ ।














समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान