
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ ९ गते अन्तिम दिन रहेको छ । २५औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि माघ १० गते बुक क्लोज गर्दैछ ।
बुक क्लोजका आधारमा आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्रै कम्पनीको सभामा भाग लिन र सभाबाट पारित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद (कर समेत) लाभांश वितरणको प्रस्ताव गरेको छ । लाभांश पारित गर्न माघ २८ गते सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि कम्पनीको साधारणसभा बस्दैछ ।
बोनस सेयर वितरणपछि जारी चुक्ता पुँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान