
काठमाडौं । ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा सहजै पराजित गरेको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
जितसँगै भारतले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । भारतलाई सहज जित दिलाउन ओपनर अभिशेक शर्माले सर्वाधिक ७९ रन जोडे । उनले ३४ बलमा ८ छक्का र ५ चौका प्रहार गरे । उनले तेस्रो विकेटका लागि तिलक बर्मासँग ८४ रनको साझेदारी गरे । बर्माले १६ बलमा ३ चौकाको सहयोगमा नट आउट रहँदै १९ रन बनसए । त्यस्तै सञ्जु स्यामसनले २६ रन जोडे । हार्दिक पाण्ड्या ३ रनमा नट आउट रहे । इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले २ र आदिल राशिदले १ विकेट लिए ।
त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको थियो । इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ६८ रन जोडेका थिए । उनले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए ।
ह्यारी ब्रुकले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १७ तथा जोफ्रा आर्चर १२ रनमा आउट भए । इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि वरुण चक्रवर्तीले ३, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदिप सिंहले समान २ विकेट लिए । इङ्ग्ल्याण्ड ५ टि–ट्वान्टी आई तथा ३ ओडिआई खेलका लागि भारत भ्रमणमा छ । दोस्रो टि ट्वान्टी आई शनिवार चेन्नइमा हुनेछ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद