
काठमाडौं । सभापति कप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । आज भएको खेलमा सडन डेथमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई पराति गर्दै उपाधि जितेको हो ।
सडनडेथमा संकटाका गोलकिपर दिप कार्की नायक बने । उनले पेनाल्टीसुट आउटमा उत्कृष्ट प्रदर्शन गरपछि उपाधि जित्न सफल भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा पुगेको थियो । आयोजक टिमका गोलकिपर विशेकले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात गरेको थियो । तर खेलले नाटकिय मोड लिँदा नतिजा संकटाकोपक्षमा गयो । संकटाका लागि लक्षु थापा, साम कार्लोस, दिप कार्की र सुनिल खड्काले गोल गरे ।
संकटाका गोलकिपर दिप कार्कीले बागमतीका कुलदिप कार्की र गौरव श्रेष्ठको प्रहार बचाएका थिए । बागमतीका रजत तिवारीको प्रहार पोष्ट भन्दा बाहिर गयो । त्यसअघि निर्धारित समयमा दुवै टोलीले गोलका लागि अवसर बनाउन सकेनन् । दुवै टोली फिनिसिङ थर्डमा चुकेको थियो । प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्नेछन् । उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह