
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएको सरकारको उपलब्धिमाथि नै प्रश्न गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले केही आयोजनाको ब्रेक थ्रुलाई उपलब्धिको रूपमा सुनाएका थिए । यसबारे लिङ्देनले ओलीले सुनाएका उपलब्धि हेरे देशमा सरकार नै नभएको देखिने बताए । ‘प्रधानमन्त्रीले जुन उपलब्धि सुनाए ।
सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु भयो, फास्ट ट्रयाकमा अर्को सुरुङमार्ग ब्रेक थ्रु भयो । तेस्रो मुलुकसँग विद्युत् व्यापार सम्झौता भयो भनेर उपलब्धि सुनाए,’ उनले भने, ‘यो सरकार नभएको भए सिद्धबाबाको सुरुङमार्ग ब्रेक थ्रु हुँदैनथ्यो ? बंगलादेशसँग विद्युत् व्यापार सम्झौता हुँदैनथ्यो ? कांग्रेस–एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ? यो हेर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ ।’
उनले सरकारले नियमित विषयलाई उपलब्धि मानेकामा आपत्ति जनाए । लिङ्देनले सुशासन, रोजगारी सिर्जना, अर्थतन्त्र सुधारमा काम हुन नसकेको बताए । उनले सरकारको ६ महिनाको अवधि निराशाजनक रहेको पनि बताए । ‘गएको साढे ६ महिनाको सरकारको समय निराशजनक छ । हामी चाहन्छौँ, कांग्रेस र एमालेजस्तो ठूले पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ,’ उनले भने, ‘हामी विरोध मात्रै गर्दैनौँ, अपेक्षा गर्छाैं सुध्रियोस् ।’ उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको आरोपसमेत लगाए ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन