
काठमाडौं । अर्जन ट्रफीको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो ।
अत्तरियाले दिएको ११९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा अलआउट भयो । डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४ रन र कुशल भुर्तेलले २० बनाए । अत्तरियाका शाहब आलमले ३ विकेट लिए । यस्तै दिपेश कँडेल, कमल गुप्ता र विवेक यादवले समान २–२ विकेट लिए ।
त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले ९ विकेट गुमाएर ११८ रन बनायो । अत्तरियाका लागि रशिद खानले अविजित ३१ रन बनाए । यस्तै सन्तोष कार्की र शंकर रानाले समान २०–२० रन बनाए । डडेलधुराका अभिषेक गौतमले ४ विकेट लिए । यस्तै कुशल भुर्तेल र अजय चौहानले समान १–१ विकेट लिए ।
अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए । प्रतियोगिताको विजेता अत्तरियाले १० लाख र उपविजेता बनेको डडेल्धुराले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात