
भोजपुर । भोजपुरमा हावाहुरीसँगै सोमबार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरणअनुसार आगलागीबाट ती संरचनाहरू नष्ट भएका हुन् ।
नजिकैको पारपानी टङ्टङ्गेडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म आइपुग्दा भोजपुर नगरपालिका–१२ पारपानीका स्थानीय शम्भु चापागाईंको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रूद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईंको पाली नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यस्तै, हावाहुरीसँगैको आगलागीले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ४, दलगाउँ केराबारीमा चार घर जलेर नष्ट भएको छ भने दुई वटा गाईगोठ र तीन वटा सुँगुरसमेत जलेर मरेको छ । स्थानीय कुमार राईको ढुङ्गामाटाले बनेको घर, गजेन्द्र राईको घर, उमेश राईको घर र मानबहादुर तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै चण्डीराज राईको गाईगोठ, कोपिला राईको गोठ पनि नष्ट भएको छ । बाँसघारीमा लागेको आगो सल्कदै बस्तीसम्म पुग्दा क्षति भएको हो । जिल्लाको पूर्वी अरूण गाउँपालिका–७, सिक्रेटारस्थित जलसिंह सामुदायिक वनमा लागेको आगोले स्थानीय दत्तनारायण श्रेष्ठको ढुङ्गा माटोले बनेको घर र गाईगोठ र राजकुमार तामाङको घर जलेको छ भने भेषराज कोइरालाको गोठ, मित्रबहादुर राईको गोठ, विक्रम राईको गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
अरूण गाउँपालिकाको वडा नं ४ मा वनमा लागेको डढेलो सल्कदा स्थानीय सीतादेवी भुजेलको ढुङ्गामाटोले बनेको घर र गोठ जलेको छ भने दानबहादुर भुजेलको खाली घर र कमला देवी भुजेलको फुसको छानो भएको गोठसमेत जलेर नष्ट भएको अस्थायी प्रहरी पोष्ट चरम्बीले जनाएको छ ।
आगलागीबाट भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नं ६, माटोखानीका जयनारायण राईको ढुङ्गा र माटोले बनेको एकतले घर, गोठ र तीन वटा बाख्रासमेत जलेर मरेका छन् । इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार आगलागीबाट एक लाख ८८ हजार बराबरको क्षति भएको छ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर