
कञ्चनपुर । बेलौरी नगरपालिका–२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ । वन प्राविधिकको टोलीले आइतबार गहुँ खेतबाट पाटेबाघलाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ ।
‘नियन्त्रणमा लिएर संरक्षणमा राखिएको बाघको स्वास्थ्य परीक्षणको कार्य गर्दा स्वस्थ देखिएको छ’, डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले भने, ‘घाउ चोटपटक पनि छैन, बाघ तन्दुरुस्त छ ।’ यथाशीघ्र निकुञ्जको कोर एरिया (भित्री भाग)को सुरक्षित स्थानमा छाड्ने तयारी भइरहेको उनले बताए ।
डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई वटा हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । बस्तीबीचको गहुँ खेतमा पसेको बाघलाई खोज्न ड्रोन क्यामेराको सहायता लिइएको थियो ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन