
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले राजनीतिमा आउने संकते गरेका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले जनताको सेवाका लागि संधै तयार रहेको बताएका हुन् ।
‘आजदेखि म आम नागरिक बनेको छु । आम नगरिकका रुपमा गर्नु पर्ने काम म गर्छु,’ उनले भने, ‘जनताको सेवा गरेर माया पाएको छु । अब पनि आम जनताको सेवा गर्नका लागि संधै तयार रहने छु ।’ आफूले राम्रो काम गर्दा गर्दै पनि सरकारले हटाएको भन्दै यस बाट कत्तिपनि विचलित नभएको उनको भनाइ थियो ।
राजनीतिमा आउने सम्भावना के छ भन्ने प्रश्नमा उनले आम नागरिकका रुपमा गर्नु पर्ने र गर्न मिल्ने सबै काम गर्ने बताए । ‘तपाईँ राजनीतिमा आउने र दीपक खड्काकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने चर्चा पनि सुनिन्छ, यसका कत्तिको सत्यता छ ?’ भन्ने प्रश्नमा उनले भने ‘मैले अघि वक्तव्यमा पनि भनेको छु । म एउटा जिम्मेवार नागरिक हो । अब तपाईंहरुजस्तै नागरिक भएँ, कर्मचारी रहिनँ । एउटा जिम्मेवार नागरिक भएर म सदैव देशको हितको लागि, समृद्धिका लागि, कुनै पनि जिम्मेवारी लिन तयार छु ।’
‘राज्यको सबै शक्ति ममाथि खनाइयो, यसमा जनता आफैं प्रष्ट छन, सार्वभौम संसद् दुरुपयोग गरियो, यसबाट म विचलित भएको छैन ।’ आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उनको भनाइ छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो