
काठमाडौं । बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको तेस्रो संस्करण आगामी जेठ १० गतेदेखि हुने भएको छ । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मार्ट आयोजना गर्न लागेको हो ।
मार्टको उद्घाटन समारोह, अन्तरराष्ट्रिय सम्मेलन तथा प्रदर्शनी जेठ १० र ११ गते काठमाडौंमा हुने छभने जेठ १२ गते लुम्बिनीमा बी–टू–बी सत्र, फार्म ट्रिप, नेटवर्किङ डिनर तथा समापन समारोह हुने नाट्टाले जनाएको छ ।
मार्टमा अन्तरराष्ट्रिय बौद्ध पर्यटनमा रुचि राख्ने १५० भन्दा बढी खरिदकर्ता (इन्टरनेसनल होस्टेड बायर्स) तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिक्रेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । मार्टमा भारत, चीन, भूटान, म्यान्मार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्कालगायत प्रमुख बौद्ध राष्ट्रहरूबाट एक हजार १०० भन्दा बढी आगन्तुकको उपस्थिति रहनेछ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मार्टको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रचारप्रसारका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना छ, जुन विश्वभरिका करोडौं मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्दछ । बिआइटिएम २०२५ जस्तो कार्यक्रमले नेपाललाई अन्तरराष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रमुख स्थान दिलाउने विश्वास लिएको छु । यसले दीर्घकालीन पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउनेछ ।’
मार्ट नेपालको धार्मिक पर्यटन, विशेषतः बौद्ध सम्पदाको प्रबर्द्धनका लागि एक ऐतिहासिक अवसर साबित हुने नाट्टाले विश्वास गरेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह