
काठमाडौं। चेल्सीले कन्फरेन्स लिगको फाइनलमा पुगेको छ । बिहीबार राति भएको सेमिफाइनल दोस्रो लेगमा ड्युर्गार्डेनलाई १–० ले हराउँदै समग्रमा ५–१ को जित हात पार्दै चेल्सीले फाइनलमा पुगेको हो ।
अब चेल्सीले उपाधिका लागि रियल बेटिससँगको खेल्ने छ । फाइनल मे २८ मा पोल्यान्डको व्रोक्सल सहरमा हुनेछ । रियल बेटिसले अतिरिक्त समयमा फिओरेन्टिनासँग २–२ को बराबरीमा रोक्दै समग्रमा ४–३ को जित निकालेपछि आफ्नो पहिलो युरोपेली फाइनलमा स्थान पक्का गरेको हो।
स्टामफोर्ड ब्रिजमा भएको खेलको ३८औं मिनेटमा टाइरिक जर्जको पासमा किर्नान ड्यूसबरी–हलले गरेको गोल नै चेल्सीलाई जित दिलाउन पर्याप्त बन्यो । यदि चेल्सीले यो उपाधि जित्यो भने सबै प्रमुख युरोपेली प्रतियोगिता जित्ने पहिलो क्लब बन्नेछ । क्लबले यसअघि च्याम्पियन्स लिग (२०१२, २०२१), युरोपा लिग (२०१३, २०१९), कप विनर्स कप (१९७१, १९९८) र सुपर कप (१९९८, २०२१) जितिसकेको छ ।













समाचार
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम
नेपालका बाढी प्रभावितका लागि लायन्स अन्तर्राष्ट्रियबाट ३ करोड ८ लाख रुपैयाँ राहत सहयोग
काठमाडौं-मुग्लिन सडक सुचारु, बैरेनीमा भने एकतर्फी
गोलकिपर मार्टिनेज चेल्सीमा
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
आजको मौसम : सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा, सतर्क रहन आग्रह
सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?
नेपाललाई ७६ करोड दिने एडिबीको घोषणा
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार