
काठमाडौं । काठमाडौं महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको छ । आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
उक्त स्थानमा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएको छ । जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात