
काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडामा पहिलोपटक ग्लोबल रोड सेफ्टी विक मनाइएको छ । साइकल सिटी हेटौँडाले नासा फाउण्डेसन नेपालसंगको सहकार्यमा सो विकको सन्दर्भमा साइकल सेफ्टी सम्बन्धि छलफल कार्यक्रम हिजो हेटौँडामाको हुप्रचौरमा सम्पन्न भएको हो ।
यस पटकको विकको मुख्य थीम मध्ये साइक्लिङ सेफ्टी समेत रहेको सन्दर्भमा नेपालका साइक्लिङ क्लबले गरेको यस छलफलले नेपाली साइक्लिङको ईतिहासमा महत्वपूर्ण अर्थ राख्नेछ । अल्पाइन स्पोट्र्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले सहजीकरण गर्नुभएको सो कार्यक्रममा साइकल सिटी हेटौँडाका सल्लाहकारहरु केवल बानियाँ र रामकुमार श्रेष्ठले साइकल सिटी हेटौँडाका कार्यक्रमबारे प्रकाश पार्दै प्रदेशका सरकारी कार्यालयमा सुरक्षीत साइकल लेनको लागि प्रस्ताव लाने योजना प्रस्तुत गरे ।
नेपालको सन्दर्भमा साइक्लिङ सभ्यता पर्यटन, यातायात, खेलकुद, वातावरण संरक्षण र रोजगारी तथा सहरी व्यवस्थापन जस्ता महत्वपूर्ण विषयको आधार रहेको ठहर गरिएको थियो । हेटौँडाको भेलाद्धारा पुर्वाधार निर्माण, पर्यटकीय प्रोडक्ट र गन्तव्य, समयानुकुल नीति र साईकलिस्ट सुरक्षाको क्षेत्रमा सकृय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ । युथ फर रोड सेफ्टीका किरण धिताल र साइकल सिटीका सचिव रनिश मानन्धरले सो भेलामा स्वागत र धन्यवाद ज्ञापन गरेका थिए ।
हेटौँडाका साइकलका खेलाडी, प्राबिधिक र अभियन्ताहरुको सहभागिता रहेको सो भेला नेपालको साइकल सेफ्टी र बागमती प्रदेशको साहासिक पर्यटनको इतिहासमा एउटा कोशेढुंगा हुने विश्वास गरिएको छ ।












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात