
काठमाडौं । साताको सेयर कारोबार अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १९ दशमलव ०४ अंकले बढेर २६८८ दशमलव ५५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ०८ अंकले बढेर ४५७ दशमलव ९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।
नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन साढे १० अर्ब माथिको कारोबार भएको बजारमा आज ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ८६ हजार ६८५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’