ढोरपाटनका मेयर देवकुमारलाई २० लाख धरौटीमा छोड्न आदेश

पोखरा । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको छ । अदालतका न्यायाधिश कृष्णजंग शाहको इजलासले मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् । धरौटी नबुझाएपछि उनलाई कास्की अदालतले नियमाअनुसार थुनामा राख्न भनी पत्र पठाएको छ । उनी अहिले बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो । सोही आदेशअनुसार उनी बागलुङ कारागारमा छन् ।

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार