
काठमाडौं । लिभरपुल, आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । इंग्लिस प्रिमियर लिगको अन्तिम दिन हिजोको नतिजासँगै सिटी, चेल्सी र न्युक्यासलको च्याम्पियन्स लिग यात्रा तय भएको हो ।
सिटीले फुलहमलाई २–० ले हरायो । यो जितसँगै सिटीले तेस्रो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको छ । ३८ खेलबाट सिटीले ७१ अङ्क जोड्यो । ५४ अङ्कसहित फुलहम ११औं स्थानमा रह्यो । चेल्सीले नटिङ्घम फरेस्टलाई १–० ले पराजित गर्यो । ६९ अङ्कसहित चेल्सीले चौथो स्थानमा लिग टुङ्ग्यायो र नटिङ्ङ्घमले च्याम्पियन्स लिग छनोट हुन असफल रह्यो । नटिङ्घम ६५ अङ्कसहित सातौं स्थानमा रह्यो । न्युक्यासल एर्भटनसँग १–० ले पराजित भयो ।
हारका बाबजुद ६६ अङ्कसहित पाँचौं स्थानमा रहँदै न्युक्यासल च्याम्पियन्स लिगमा पुगेको छ । एभर्टनले ४८ अङ्कसहित १३ औं स्थानमा रह्यो । शीर्ष पाँच टोलीसहित युरोपा लिग च्याम्पियन टोटनहम गरि प्रिमियर लिगका छ टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ । लिगको अन्तिम दिनका अन्य खेलमा टोटनहम ब्राइटनसँग ४–१ ले पराजित भयो । च्याम्पियन लिभरपुल क्रिस्टल प्यालेससँग १–१ को बराबरी रोकियो ।
खेलपछि लिभरपुलको लिग उपाधि उचाल्यो । दोस्रो स्थानको आर्सनलले साउथ ह्याम्टनलाई २–१ ले, बोर्नमाउथले लेस्टर सिटीलाई २–० ले, वेस्ट हमले इप्स्विचलाई ३–१ ले, म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–० ले हरायो । उल्भ्स र ब्रेनफोर्डले १–१ को बराबरी खेले ।













समाचार
गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ
‘राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउँछ’ : मन्त्री खनाल
अन्नपूर्ण गाउँपालिकाले पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन: तीन वर्षको सम्झौता, १० वर्षमा पनि बनेन
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
डेनमार्कको डाना कपमा सहभागी नेपाली युवा खेलाडीलाई बिज एजुकेसनको सम्मान
एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ