
काठमाडौं । लिभरपुल, आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । इंग्लिस प्रिमियर लिगको अन्तिम दिन हिजोको नतिजासँगै सिटी, चेल्सी र न्युक्यासलको च्याम्पियन्स लिग यात्रा तय भएको हो ।
सिटीले फुलहमलाई २–० ले हरायो । यो जितसँगै सिटीले तेस्रो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको छ । ३८ खेलबाट सिटीले ७१ अङ्क जोड्यो । ५४ अङ्कसहित फुलहम ११औं स्थानमा रह्यो । चेल्सीले नटिङ्घम फरेस्टलाई १–० ले पराजित गर्यो । ६९ अङ्कसहित चेल्सीले चौथो स्थानमा लिग टुङ्ग्यायो र नटिङ्ङ्घमले च्याम्पियन्स लिग छनोट हुन असफल रह्यो । नटिङ्घम ६५ अङ्कसहित सातौं स्थानमा रह्यो । न्युक्यासल एर्भटनसँग १–० ले पराजित भयो ।
हारका बाबजुद ६६ अङ्कसहित पाँचौं स्थानमा रहँदै न्युक्यासल च्याम्पियन्स लिगमा पुगेको छ । एभर्टनले ४८ अङ्कसहित १३ औं स्थानमा रह्यो । शीर्ष पाँच टोलीसहित युरोपा लिग च्याम्पियन टोटनहम गरि प्रिमियर लिगका छ टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ । लिगको अन्तिम दिनका अन्य खेलमा टोटनहम ब्राइटनसँग ४–१ ले पराजित भयो । च्याम्पियन लिभरपुल क्रिस्टल प्यालेससँग १–१ को बराबरी रोकियो ।
खेलपछि लिभरपुलको लिग उपाधि उचाल्यो । दोस्रो स्थानको आर्सनलले साउथ ह्याम्टनलाई २–१ ले, बोर्नमाउथले लेस्टर सिटीलाई २–० ले, वेस्ट हमले इप्स्विचलाई ३–१ ले, म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–० ले हरायो । उल्भ्स र ब्रेनफोर्डले १–१ को बराबरी खेले ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम