
सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो ।
सप्तकोशीमा सन् २०२२ देखि नियमित रूपमा डल्फिनको गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए । उनले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताए । उनले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी गराए ।
आरक्षका अनुसार गङ्गा सागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिन सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन् । चार दिनसम्म चल्ने गणना दुई विधिबाट सम्पन्न हुने बताइएको छ । सन् २०१२ मा ११ र २०१७ मा १७ डल्फिन देखिएपछि डल्फिनको संरक्षणलाई आरक्षले प्राथमिकता दिएको थियो । त्यसयता वार्षिक गणनाको अभ्यास थालिएको हो । आरक्षको तथ्यांकअनुसार २०२२ मा १७, २०२३ र २०२४ मा समानरुपमा १९ डल्फिन गणना गरिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक वीरेन्द्र गौतमले यस वर्ष डल्फिनको सङ्ख्या बढ्नसक्ने अनुमान व्यक्त गरे ।













समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए