
काठमाडौं । विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा नेपाली टोलिले रोमाञ्चक जित निकालेको छ । गत राति भएको खेलमा नेपालले स्कटल्याण्डमाथि १ विकेटको जित निकालेको हो ।
नेपालका आगि तल्लोक्रमका खेलाडी करण केसीले विष्फोटक ब्याटिङ गरेपछि नेपालले रोमाञ्चक जित निकाल्न सफल भएको हो । २९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जितका लागि अन्तिम बलमा १ रन आवश्यक थियो । मार्क वाटले अन्तिम बल वाइड फालेपछि नेपालले रोमाञ्चक जित निकाल्न सफल भयो ।
नेपालका लागि करणले नटआउट रहँदै अर्धशतक बनाए । ४१ बलमा ३ चौका र ४ छक्कासहित ६५ रन जोडे । त्यसअघि ओपनर कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए । कुसलले ५३ रन जोडे । त्यस्तै अर्का ओपनर आसिफ शेखले २० रनको योगदान दिए । त्यस्तै गुलशन कुमार झाले ४२ रन जोडे । भीम सार्कीले ४० तथा कप्तान रोहित कुमार पौडेल ३७ रन थपे । स्कटल्याण्डका ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए ।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोज्यो। घरेलु टोलीले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनायो । टोलीका चाल्र्स टिएरले सर्वाधिक ८० रन जोडे । त्यस्तै फेन्ली म्याक्रिथले ५५ रन बनाए । कप्तान रिची बेरिङ्टनले ४० रनमा आउट भए । म्याथ्यु क्रस पनि टोलिका लागि ३९ रन बनाए । नेपाली टोलीका सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २–२ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
जितपछि लिग टुको अंक तालिकामा नेपाल पुछारबाट सातौं स्थानमा उक्लिएको छ । नेपालको १३ खेलमा ८ अंक छ । ८ टोली रहेको लिग टु मा १७ खेलमा २० अंकका साथ स्कटल्याणड चौथो स्थानमा छ । विश्वकप लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको समाप्तिमा शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् । पुछारमा रहने ४ टोलीले विश्वकप छनोट प्लेअफ खेल्नु पर्नेछ ।













समाचार
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान