
काठमाडौं । पोर्चुगल नेसन्स लिग फुटबलको फाइनामा पुगेको छ । बिहीबार बिहान सकिएको खेलमा पोर्चुगलले जर्मनीलाई २–१ गोलले पराजित गर्दै फाइनामा स्थान सुरक्षित गरेको हो ।
पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र फ्रान्सिस्को कोनसेइडोले एक एक गोल गरे । जर्मनीका लागि फ्लोरिन रिट्जले एक गोल गरे । खेलमा अग्रता भने जर्मनीले लिएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमो ४८ औँ मिनेटमा फ्लोरिन रिट्जले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए ।
फ्रान्सिस्को कोनसेइडोले ६३ औं मिनेटमा पोर्चुगलका लागि बराबरी गोल फर्काए । त्यस पछि रोनाल्डोले ६८औं मिनेटमा विजयी गोल गरेका थिए । अब पोर्चुगलले नेसन्स कपको उपाधिका लागि स्पेन र फ्रान्सबीच हुने खेलको विजेतासँग खेल्नेछ । पोर्चुगलले सन् २०१९ मा सुरु भएको नेसन्स लिगको पहिलो संस्करणकै उपाधि विजेता हो ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद