पोर्चुगल नेसन्स लिगको फाइनलमा

काठमाडौं । पोर्चुगल नेसन्स लिग फुटबलको फाइनामा पुगेको छ । बिहीबार बिहान सकिएको खेलमा पोर्चुगलले जर्मनीलाई २–१ गोलले पराजित गर्दै फाइनामा स्थान सुरक्षित गरेको हो ।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र फ्रान्सिस्को कोनसेइडोले एक एक गोल गरे । जर्मनीका लागि फ्लोरिन रिट्जले एक गोल गरे । खेलमा अग्रता भने जर्मनीले लिएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमो ४८ औँ मिनेटमा फ्लोरिन रिट्जले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए ।

फ्रान्सिस्को कोनसेइडोले ६३ औं मिनेटमा पोर्चुगलका लागि बराबरी गोल फर्काए । त्यस पछि रोनाल्डोले ६८औं मिनेटमा विजयी गोल गरेका थिए । अब पोर्चुगलले नेसन्स कपको उपाधिका लागि स्पेन र फ्रान्सबीच हुने खेलको विजेतासँग खेल्नेछ । पोर्चुगलले सन् २०१९ मा सुरु भएको नेसन्स लिगको पहिलो संस्करणकै उपाधि विजेता हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार