आइसिसी क्रिकेट विश्वकप लिग २– नेदरल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले मंगलबार अन्तिम खेलमा बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे हुनेछ ।

अंक तालिकामा नाजुक अवस्थामा रहेको नेपालले स्कटल्यान्ड भ्रमणमा ब्याक टू ब्याक जित हात पार्दै पुनरागमन गर्ने संकेत देखाएको थियो । तर, पहिलो खेलमा घरेलु टोललाई १ र अर्को खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाल ह्याट्रिक जित निकाल्न भने चुक्यो ।
एकदिवसीय क्रिकेटमै अहिलेसम्मको उच्च(३२४) रनको लक्ष्य पछ्याएको नेपाल तेस्रो खेलमा घरेलु टोलीसँग २ रनले पराजित भएको थियो।

यद्यपि, उक्त खेलमा बनाएको ३२१ रन नेपालले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो । नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुन्छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार