
पर्सा । सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर–१० बजरंगस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार ५०० मूल्यका कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बीआर ०५ यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरामद गरेको छ । बरामद गरिएका कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्रले वीरगञ्ज महानगर–१० तथा १६ बाट विभिन्न सीमानाकाबाट दुई लाख ४८ हजार १०१ बराबरको कपडा तथा मसला बरामद गरेको छ ।
मंगलबार नै सशस्त्र प्रहरीले बिन्दवासिनि गाउँपालिका प्रसौनिबाट भारतबाट अवैध रूपमा भन्सार छली बीआर २२ यु १४३२ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गरेको २३ हजार ३८० मूल्यका किरानाका सामान बरामद गरेको छ ।













समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा
पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु