
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले निकट भविष्यमा निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद सेयरका लागि यही असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बुक क्लोजको आधारमा असार २६ गते बिहीबारसम्म सेयर खरीद गरेका सेयरधनीहरूले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले आफ्नो चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यसअनुसार कम्पनीले अब छिट्टै ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर १ः१ को अनुपात अर्थात् १ कित्ता साधारण सेयर हुनेले १ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउने गरी निष्कासन गर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय