काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । बिहीबार सेयर बजार परिसूचक २५ दशमलव ८९ अंकले बढेर २७३१ दशमलव ८० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ५५ अंकले बढेर ४७२ दशमलव ०२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्यमा वृद्धि भएको छ भने २ वटको गिरावट आएको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ७ खर्ब ४५ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ९ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर ८८ हजार ६१५ पटक खरिद बिक्री हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।