
काठमाडौं । भारत र घरेलु टोली इङ्ग्ल्याण्डबीचको ५ टेस्टको सिरिज बराबरीमा सकिएको छ । ओभलमा सोमवार सकिएको पाँचौ तथा अन्तिम टेस्टमा भारतले ६ रनले विजयी भएसँगै सिरिज २–२ को बराबरीमा सकिएको हो ।
३७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३६७ रन मात्र बनाएको थियो । पाँचौ दिनमा जितका लागि घरेलु टोलीलाई मात्र ३५ रनको आवश्यकता रहँदा हातमा ४ विकेट बाँकी थियो । अन्तिम दिनको २८ रन खर्चिएर ४ विकेट लिएपछि भारतले टेस्ट जितेको थियो ।
दोस्रो इनिङमा घरेलु टोलीका लागि जो रुट र ह्यारी ब्रुकले शतकीय पारी खेले । ब्रुकले १११ रन बनाए भने रुटले १०५ रन जोडे । ओपनर बेन डकेट ५४, कप्तान ओली पोप २७ र ज्याक क्रली १४ रनमा आउट भए । भारतका लागि मोहममद सिराजले ५ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ तथा आकाश दिपले १ विकेट लिए । पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३९६ रन जोडेर ३७३ रनको अग्रता लिएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २२४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २४७ रन जोडेको थियो।













समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?