
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमो सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ आयोगको अन्तिम प्रतिवेदनबारे छलफल गरिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सो प्रतिवेदन माथि सरोकारवालासँग छलफल गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका अध्यक्ष रतिसचन्द्र लाल सुमनले प्रतिवेदन प्रस्तुत गर्दै दुर्घटना मानवीय त्रुटिका कारण भएको स्पष्ट पारे । आयोगको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ढाँचाअनुसार तयार पारिएको र त्यसमा ‘यस्तो दुर्घटना दोहोरिन नदिने उपाय’समेत सुझावस्वरूप समावेश गरिएको उनले उल्लेख गरे ।
सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० कलसाइन विमान दुर्घटनामा १९ मध्ये १८ जनाको निधन भएको र समयमै उद्धार नभएकाले को–पाइलट र इन्जिनियरको पनि ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार मौसम दुर्घटनाको कारण नभएको, उडानको चार सेकेन्डमै विमान दुर्घटना भएको र ‘रेस्क्यु अपरेसन’ प्रभावकारी नभएको उल्लेख छ । ‘क्याबिन क्रु’ले सिट बेल्ट नलगाएको, केही ब्याग सौर्य एयरलाइन्सको कार्यालयमै भेटिएको र नियामक तथा सेवा प्रदायक निकाय दुवैको कमजोरी देखिएको प्रतिवेदनको निष्कर्ष छ ।
बैठकमा पीडित परिवारका तर्फबाट प्रकाश खतिवडाले दुर्घटना जाँचबुझ आयोग नै कानुनसम्मत नभएको आरोप लगाए । उनले सेवा प्रदायक संस्थामा आयोग अध्यक्षका आफन्त भएको, दुर्घटनामा परेकालाई सौर्य एयरलाइन्सका कर्मचारी बनाएको र उडान अवैज्ञानिक भएको दाबी गर्दै न्यायिक जाँचको माग गरे । को–पाइलट सुशान्त कटुवालका बुबा ओम कटुवालले दुर्घटनाको दोष छोरामाथि पोखिएको भन्दै असन्तुष्टि प्रकट गरे । उनले दुर्घटनाको सम्पूर्ण जिम्मेवारी अनुमतिदाता निकाय हुने तर्क गरे ।
बैठकमा सांसद शिशिर खनालले पाइलट र को–पाइलटलाई मात्र दोषारोपण गर्ने भाष्य निर्माण गर्न नहुने भन्दै आपत्ति जनाउनुभयो । उनले सुरक्षित हवाई सेवा सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए । सांसद प्रेम सुवालले ११ महिना लगाएर तयार गरिएको प्रतिवेदनबारे प्रश्न उठाउँदै विमान उड्न र यात्रु जान अनुमति दिने निकाय नै बढी जिम्मेवारी हुने बताए ।
सांसद एकनाथ ढकालले विमान दुर्घटनामा बढी जिम्मेवार नियामक निकाय हुने धारणा राखे । सांसद एनपी साउदले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा कमजोरी कुन–कुन निकायको हो प्रतिवेदनमा स्पष्ट आउनुपर्ने बताए । बैठकमा विभिन्न सांसदले प्रतिवेदनका निष्कर्ष, अनुसन्धानको विधि, मनोवैज्ञानिक परामर्शको आवश्यकता, स्रोत–साधन अभाव र विस्फोटक पदार्थसमेत रहेको दाबीबारे छलफल गर्नुभएको थियो । समितिले दुर्घटनाका कारणमा थप गहिरो छानबिन गर्नुपर्ने र सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
समितिका सभापति राजकिशोर यादवले दुर्घटना जाँचआयोगको अन्तिम प्रतिवेदनबारे कानुनी परामर्श लिएर थप छलफल गरेर मात्रै निर्णय लिइने जानकारी दिए ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने