
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार निजी क्षेत्रका शीर्ष निकायहरूसँग अर्थतन्त्र पुनःस्थापनाबारे विस्तृत छलफल गरेका छन्। हालैको प्रदर्शनका कारण प्रभावित भएका उद्योग, व्यवसाय र वित्तीय क्षेत्रमा देखिएको संकट समाधानका लागि सुझाव संकलन गर्न उनले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स तथा बैंक–वित्तीय संस्थाका प्रतिनिधिहरूसँग अलग–अलग बैठक गरेका हुन्।
छलफलमा सहभागी स्रोतका अनुसार गभर्नरले क्षति भएको संरचना र उद्योग व्यवसायलाई पुनःसंरचना गरेर सञ्चालनमा ल्याउन राष्ट्र बैंकले कसरी नीतिगत सहजीकरण गर्न सक्ने भन्नेमा राय मागेका थिए। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आन्दोलनको क्रममा ऋण प्रभावित भएका व्यवसायी तथा उद्योगीलाई सहज बनाउनुपर्ने विषय बैठकमा मुख्य रूपमा उठाइएको बताए। “ऋणीहरूले भुक्तानी गर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै के कस्तो व्यवस्था गर्न सकिन्छ भन्नेबारेमा गभर्नरले सुझाव लिनुभएको छ, हामी पनि विस्तृत अध्ययनपछि राय दिनेछौं,” कोइरालाले स्पष्ट पारे।
बैठकमा आर्थिक गतिविधि फेरि सुचारु गर्न निजी क्षेत्र र नियामकबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’