
काठमाडौं । हालै देशभरि भएका आन्दोलन र प्रदर्शनले राजनीतिक मात्र नभई आर्थिक क्षेत्रमा समेत गहिरो असर पारिरहेको अवस्थामा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ। विज्ञप्तिमार्फत नाडाले हिंसात्मक घटनाबाट पीडित परिवारप्रति संवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभेच्छा प्रकट गरेको छ।
नाडाको भनाइमा अटोमोबाइल उद्योग मुलुकको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो। तर पछिल्ला अशान्त घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष नोक्सानी पुर्याएको बताइएको छ। कर्मचारी, ग्राहक र भौतिक संरचनाको सुरक्षाप्रति चिन्ता बढ्नुका साथै उपभोक्ताको विश्वासमा नकरात्मक असर परेको नाडाले उल्लेख गरेको छ। यसले दीर्घकालीन रूपमा लगानी वातावरण र रोजगारीको अवसरमा थप चुनौती ल्याउने चेतावनी पनि दिएको छ।
सङ्गठनले प्रत्येक कठिन समस्या शान्तिपूर्ण संवाद र सहमतिबाट समाधान गर्न सकिने विश्वास दोहोर्याउँदै व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको छ। साथै अटोमोबाइल क्षेत्रमा सामान्य अवस्था फर्काउन तत्काल सहयोग र सहजीकरण गर्न पनि आग्रह गरिएको छ।
नाडाले आफ्ना सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याएको छ। विज्ञप्तिमा भनिएको छ, “एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत देश छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास हामीलाई छ।”
साथै, नेपालले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको प्रसंग उल्लेख गर्दै नाडाले नयाँ सरकारप्रति आशा व्यक्त गरेको छ। अन्तरिम सरकारले छ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा जनभावना र अपेक्षालाई आत्मसात गरेर अघि बढ्ने हो भने देशले राजनीतिक मात्र नभई आर्थिक स्थायित्व पनि पाउने विश्वास नाडाले प्रकट गरेको छ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात