
काठमाडौं । जेनजी आन्दोलनका कारण भएको क्षतिको शिखर इन्स्योरेन्स कम्पनीले ३० करोडको दाबी भुक्तानी गरेको छ । कम्पनीले भदौ २३ र २४ गते भएको आन्दोनबाट पुगेको क्षतिको हालसम्म ३० करोड रुपैयाँ भुक्तानी दिएको हो ।
कम्पनीले विमितहरुको सम्पत्तिमा भएको क्षतिहरुको बीमा दाबी फछ्यौट गर्न शिखर इन्स्योरेन्सले आफ्नो प्रतिवद्धता अनुरुप ग्राहकमैत्री सेवा र द्रुत गतिमा बीमा दाबी भुक्तानी गर्दै आएको छ । भदौ २३ र २४ मा भएको क्षतिहरु मध्ये कम्पनीबाट छोटो समयमै ४० भन्दा बढी विमितहरुलाई करिब ३० करोड रुपैयाँको दाबी भुक्तानी भएको जनाएको छ ।
राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिवद्धता अनुरुप विमित ग्राहकहरुले भोग्नु परेको कठिन परिस्थितिमा तत्काल राहत पुर्याउन तथा राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि दाबी भुक्तानीलाई छिटो, सहज र पारदर्शी बनाउँदै आएको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी सूचनामा भनेको छ, ‘दाबी प्रकयालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रकृया, डिजिटल सेवाका साथै दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएका छौं भने कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मुल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गर्दै आएका छौं । शिखर इन्स्योरेन्सले विगतमा २०७२ को भुकम्प तथा गत वर्ष परेको बाढीका कारण सृजित बीमा दाबीको समेत पारदर्शी र द्रुत गतिमा बीमा दाबी भुक्तानी गरी दाबी भुक्तानीमा अग्रणी पहिचान स्थापित गर्न सफल रहँदै आएका छौं ।’
आगामी दिनहरुमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन कम्पनी निरन्तर कटिवद्ध रहेको जनाएको छ । कम्पनीबाट हरेक प्रतिकुल अवस्थामा अझ सरल सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको हो ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’