
काठमाडौं । इंग्लिस प्रिमिर लिगमा गए राति भएका खेलमा चेल्सी, म्यानचेष्टर युनाइटेड र आर्सजन विजी भएका छन् । चेल्सीले लिभरपुल, युनाइटेडले सनटरल्याण्ड र आर्सनलले वेस्ट ह्यामलाई पराजित गरेको हो ।
अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुल चेल्सीसँग स्तब्ध बनेको छ । चेल्सीले लिभरपुललाई २–१ ले हराएको हो । चेल्सीले घरेलु मैदानमा मोइसेस काइसेडोको गोलमा अग्रता बनाएको थियो । लिभरपुल दोस्रो हाफमा कोडी गाक्पोको गोलमा खेलमा फर्किएको थियो । थपिएको अतिरिक्त समयमा एस्टेवाओले गोल गर्दै लण्डन क्लबलाई जित दिलाए ।
जित सहित चेल्सीले ७ खेलबाट ११ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ । दोस्रो स्थानको लिभरपुलको १५ अंक छ । उसले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । शनिबारनै आर्सनलले वेस्ट ह्यामलाई १–० ले हराएर महत्वपूर्ण तीन अंक जोड्यो । आर्सनल तालिकको शीर्ष स्थानमा उक्लेको छ । म्यानचेस्टर युनाईटेडले समेत सिजनको तेस्रो जित निकाल्ने क्रममा सन्डरल्याण्डलाई २–० ले हरायो । युनाइटेड तालिकाको ९ औँ स्थानमा पुगेको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय