
सुनसरी । गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति पुगेको हो ।
आठवर्षदेखि केराखेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ छ लाख बैंकबाट ऋण लिएर मियाँ केराखेती गरेका थिए । उनको तीन बिघा एक कठ्ठा केराखेतीमा क्षति पुगेको छ ।
करिब १३ लाखभन्दा बढीको क्षति पुगेको उनले जानकारी दिए । वर्षेनी बाढीले केराखेतीमा १० लाखदेखि २५ लाखसम्म क्षति हुने गरेको मियाँको भनाइ छ । त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठामा एक लाख लगानी गरेर लगाएको केराखेतीमा पनि ठूलो क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन् । जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठूलो क्षतिको सामना गर्दै आएका छन् ।
जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले बताए ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान