
काठमाडौं । नेपालले टि–२० विश्वकप छनोट अन्तर्गत सुपर ६ को पहिलो खेलमा सनसनिपूर्ण जित निकालेको छ । नेपालले युएईलाई १ रनले पराजित गरेको हो ।
जितका लागि १४१ रनको लक्ष्य पाएको युएईले निर्धारीत ओभारमा ९ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो । उसका लागि अलिशान शराफुले ५१ रनको अर्धशतक प्रहार गरे पनि तो जितका लागि प्रर्याप्त भएन् । त्यस्तै ध्रुव पराशरले पनि ३२ रनको योगदान दिएका थिए । युएईलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सार्वधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामी, गुल्सन झा र सन्दिप लामिछानेले एक एक विकेट लिए ।
त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ सेखले ५१ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले २८ रन बनाए । कप्तान रोहित कुमार पौडेलले २० रन बनाए भने गुल्सन झाले १४ र कुशल मल्लले १० रनको योगदान दिए । यो जितसँगै नेपालले सुपर ६ मा दुई अंक जोडेको छ । यो जितसँगै अब नेपालले एक खेल जितेको खण्डमा विश्वकप खेल्ने छ ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला